You are currently viewing ‘अदालतमा विचाराधीन मुद्दामा जुलुश निकालेर दबाब सिर्जना नगरौं’ – देउवा

‘अदालतमा विचाराधीन मुद्दामा जुलुश निकालेर दबाब सिर्जना नगरौं’ – देउवा

18 / 100

नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध शनिबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै सभापति देउवाले प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताएका हुन्। 

अदालतमा विचाराधीन मुद्दामा जुलुश निकालेर दबाब सिर्जना गर्न नहुने देउवाको भनाइ छ। जुलुशको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पुर्‍याइ संवैधानिक मूल्य र मान्यता अनुसार निर्णय गर्ने उनले बताए।निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उनको भनाइ छ। जनतामा जाँदा केही नबिग्रिने भन्दै सभापति देउवाले सर्वोच्च अदालतभन्दा ठूलो अदालत जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्न नहुने तर्क गरे।

देशमा कम्युनिष्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनतासँग जानुपर्ने देउवाको भनाइ छ।अदालतले निर्वाचनमा जाने निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराएनन् भने नेपाली जनताले ओलीलाई सडकबाटै हटाउन बाध्य हुने उनको टिप्पणी छ। निर्वाचन नगरे ओलीलाई जनताले नेपालमा बस्नै नदिने अवस्था बनाउन सक्ने देउवाले बताए।प्रधानमन्त्री ओलीले निर्वाचन गराउने प्रतिवद्धता जनाएको भन्दै देउवाले निर्वाचन हुने विश्वास व्यक्त गरे। निर्वाचनमा सबै राजनीतिक दलले भाग लिने पनि उनको भनाइ छ।

Facebook Comments

Leave a Reply